नियम १८९
कर्मचारीको दैनिक भत्ता तथा भ्रमण खर्च सम्बन्धी व्यवस्था
(१) स्थानीय निकायमा
कार्यरत कर्मचारीहरुले पाउने दैनिक भत्ता तथा भ्रमण खर्च सम्बन्धी व्यवस्था देहाय
बमोजिम हुनेछ ः–
(क) दैनिक भत्ता तथा भ्रमण खर्च दिने प्रयोजनको लागि स्थानीय निकायका
कर्मचारीहरुलाई देहाय बमोजिम वर्गीकरण गरिएकोछ ः–
(१) जिल्ला विकास समिति वा नगरपालिकाको सचिव – प्रथम तह
(२) अधिकृतस्तरका कर्मचारी – द्वितीय तह
(३) अन्य कर्मचारी – तृतीय तह
(ख) स्थानीय निकायको कामको सिलसिलामा नेपालभित्र भ्रमण गर्नु पर्दा
भ्रमणको लागि टिकट लिनु पर्ने भएमा टिकटलाई लागेको खर्च
भुक्तानी दिइनेछ ।
(ग) स्थानीय निकायको कुनै कर्मचारीले कुनै भ्रमणको साधनको टिकट
लिईसके पछि भ्रमणमा खटाउने अधिकारीको आदेशबाट उक्त टिकट
फिर्ता गर्नु पर्ने भएमा निजले त्यसरी टिकट फिर्ता गरे बापत लाग्ने
महसूल कार्यालयबाट पाउनेछ । टिकट फिर्ता गर्नु पर्ने वा हवाई
उडानको मिति परिवर्तन भई सो दिन उडान नभै घर फर्कनु पर्ने
स्थिति भएमा सम्बन्धित निकायबाट प्रमाणित गराई त्यस्तो कर्मचारीले
ट्याक्सी, रिक्सा, बस भाडाको रकम भुक्तानी कार्यालयबाट लिन
पाउनेछ ।
(घ) स्थानीय निकायको कामको सिलसिलामा जिल्ला बाहिर भ्रमण गर्नुपर्दा
अनुसूची–८१ बमोजिम दैनिक तथा भ्रमण भत्ता र बास खर्च रकम
पाउने छन् । जिल्ला भित्र भ्रमण गर्दा भने भ्रमण खर्चको हकमा भ्रमण
खर्चको बील अनुसारको रकम र दैनिक भत्ताको हकमा पा“च कोष
भन्दा बढी दुरीको ठाउ“मा गै वास बस्नु परेको अवस्थामा जिल्ला
बाहिर भ्रमण गर्दा पाउने दैनिक भत्ताको तीन चौथाई रकममा नबढ्ने
गरी सम्बन्धित परिषद्ले स्वीकृत गरे बमोजिमको दरमा दैनिक भत्ता
पाउनेछन् ।
(ङ) बस वा अन्य सार्वजनिक यातायातको सुविधा प्राप्त हुने ठाउ“मा एकै
दिन गई फर्कने गरी स्थानीय निकायको काममा काज खटी जाने
कर्मचारीले यस नियमावली बमोजिम भ्रमण खर्च मात्र पाउनेछ ।
(च) कुनै कर्मचारीले भ्रमण वा काजको सिलसिलामा विदा लिई बसेमा
यस्तो विदामा बस्दाको अवधिको निजले दैनिक भत्ता तथा भ्रमण खर्च
पाउने छैन ।
(२) एक स्थानीय निकायबाट अर्को स्थानीय निकायमा सरुवा वा बढुवा भई एक
जिल्लाबाट अर्को जिल्लामा जा“दा देहाय बमोजिम दैनिक भत्ता तथा भ्रमण खर्च
दिईनेछ ः–
(क) एक जिल्लाबाट अर्को जिल्ला वा सोही जिल्लाको एक स्थानीय
निकायबाट छ कोष भन्दा बढी दूरी भएको अर्को स्थानीय निकायमा
सरुवा, बढुवा वा कायम मुकायम भै जाने कर्मचारीले पाउने दैनिक
भत्ता तथा भ्रमण खर्च बापतको रकमको फा“टवारी र भ्रमण भत्ताको
बील साबिक कार्यालयमा पेश गर्नु पर्नेछ ।
(ख) खण्ड (क) बमोजिम प्राप्त फा“टवारी उपर सम्बन्धित स्थानीय निकायले
जा“चवुझ गरी नियम अनुसार पाउनु पर्ने रकम भुक्तानी दिनु पर्नेछ ।
यसरी भुक्तानी गर्दा देहाय बमोजिम गर्नु पर्नेछ ः–
(१) प्रथम र द्वितीय तहका कर्मचारीलाई सम्भव भएसम्म छोटो र
मितव्ययी हवाई मार्गबाट भ्रमण गर्दा लाग्ने हवाई भाडा वा बस
भाडा, यस नियमावली बमोजिम पाउने दैनिक भत्ता र फुटकर खर्च
वापत एकमुष्ट एकहजार रुपैया“ दिनु पर्नेछ ।
(२) तृतीय तहका कर्मचारीलाई हवाई मार्गबाट भ्रमण गर्दा कम खर्चिलो
हुने भएमा लाग्ने हवाई भाडा वा बस भाडा यस नियमावली
बमोजिम पाउने दैनिक भत्ता र फुटकर खर्च वापत एकमुष्ट
एकहजार रुपैया“ दिनु पर्नेछ ।
(३) सरुवा, बढुवा वा कायम मुकायम भई जा“दा यातायातको सुविधा
नभएको स्थानमा पैदल हिंड्नु पर्दा प्रतिदिन छ कोषका दरले
भ्रमणमा लाग्ने दिन गणना गरी दैनिक भत्ता दिनु पर्नेछ । पैदल
हिंड्नु पर्ने कोषलाई छले भाग गर्दा बा“की रहन आउने भएमा बा“की
कोषको लागि आधा दिनको दैनिक भत्ता दिनु पर्नेछ ।
(४) सरुवा, बढुवा वा कायम मुकायम भई खटिएको कार्यालयमा हाजिर
हुन जाने कर्मचारीलाई परिवार लैजाने प्रयोजनका लागि निजलेधधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
ज्ञटड
खण्ड (क) वा (ख) बमोजिम पाउने रकम बराबर थप गरी दिनु
पर्नेछ ।
तर फूटकर खर्चको रकम थप दिइने छैन ।
(३) मुलुकभित्र वा बाहिर हवाइजहाज, पानीजहाज, रेल, बस, मिनीबस आदि
साधनद्वारा भ्रमण गर्दा कर्मचारीले खटिएको ठाउ“मा जा“दा र सो ठाउ“बाट फर्की आउदा
भ्रमण वा काज अवधिभर सातलाख पचासहजार रुपैया“को बीमा गराउनका लागि
लाग्ने खर्च पाउनेछ ।
(४) कुनै कर्मचारी जुन सुकै कारणबाट स्थानीय सेवाबाट अलग भई घर फर्कनु
परेमा निज जुन तहबाट सेवा अलग भएको हो सोही तह अनुसार यस नियमावली
बमोजिम दैनिक भत्ता तथा भ्रमण खर्च निजलाई वहाल टुटेको कार्यालयबाट दिइनेछ ।
तर त्यस्तो सुविधा अस्थायी कर्मचारीलाई दिइने छैन ।
(५) कुनै कर्मचारीको आफू खटिएको जिल्लामा मृत्यु भएमा निजको पति वा
पत्नीलाई घर फर्कदा यस नियमावली बमोजिम पाउने दैनिक भत्ता तथा भ्रमण खर्च
कर्मचारी खटिएको कार्यालयबाट दिइनेछ ।
(६) हवाई यातायातबाट यात्रा गर्दा कम खर्चिलो हुने भएमा अधिकार प्राप्त
अधिकारीले जुनसुकै तहको कर्मचारीलाई पनि हवाई यातायातको साधन प्रयोग गर्ने
आदेश दिन सक्नेछ । यसरी आदेश दि“दा कुन स्थानबाट कुन स्थानसम्म हवाई
यातायातको साधन प्रयोग गर्ने हो स्पष्ट रुपमा तोकिदिनु पर्नेछ ।
(७) सरुवा वा बढुवा भई जाने अवस्थामा बाहेक अन्य अवस्थामा भ्रमणमा खटिने
कर्मचारीले भ्रमण समाप्त भएपछि नियमानुसार पाउने दैनिक भत्ता तथा भ्रमण खर्चको
बील भरी सात दिन भित्र भ्रमण प्रतिवेदन साथ आवश्यक बील भर्पाई सम्बन्धित
कार्यालयमा पेश गर्नु पर्नेछ ।
तर उडान बीमाको हकमा सो बीमाको नम्बर मात्र पेश गरे हुन्छ ।धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
ज्ञटढ
(८) जिल्ला भित्रको ठाउ“ ठाउ“को दूरीको विवरण सम्बन्धित जिल्ला विकास
समितिले तयार गरी राख्नु पर्नेछ र जिल्ला भित्रका सबै स्थानीय निकायलाई उपलब्ध
गराउनु पर्नेछ ।
(९) स्थानीय निकायको काममा स्थानीय निकायका कर्मचारी तथा पदाधिकारी
बाहेक अन्य व्यक्तिलाई नेपाल राज्य भित्र वा विदेशमा भ्रमण गराउने निर्णय भएमा
निजले पाउने दैनिक भत्ता तथा भ्रमण खर्च र अन्य सहुलियत सम्बन्धित निर्णयमा
उल्लेख भए बमोजिम हुनेछ । तर यस्तो दैनिक तथा भ्रमण भत्ताको दर प्रथम तहको
कर्मचारीको भन्दा बढी हुने छैन ।
(१०) स्थानीय निकायको कामको सिलसिलामा कुनै कर्मचारी हवाइजहाजद्वारा
विदेशमा यात्रा गर्नु पर्दा इकोनोमि क्लासको भ्रमण खर्च पाउनेछ ।
(११) कुनै पदाधिकारी वा कर्मचारीलाई अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह,
निमन्त्रणा, बैठक, तालिम, अध्ययन भ्रमण र अन्य कुनै स्थानीय निकायको कामको
सिलसिलामा अनुसूची–८१ मा उल्लिखित मुलुकहरुको भ्रमणमा जा“दा सोही अनुसूचीमा
व्यवस्था भए बमोजिमको दरले दैनिक भत्ता दिइनेछ ।
तर होटलको बील पेश गरेको खण्डमा बास खर्च बापत बील बमोजिमको रकम
र सो मुलुकको लागि तोकिएको दैनिक भत्ता दरको चालीस प्रतिशत मात्र दैनिक भत्ता
दिइनेछ । बास खर्च दैनिक भत्ता दरको रकम भन्दा बढी भुक्तानी हुने छैन । तर यस
उपनियम बमोजिम विदेश जा“दा यस नियमावली बमोजिम दैनिक भत्ता पाउनेमा
प्रस्थान गरेको दिनको पूरै र भ्रमणबाट फर्केको दिनको हकमा सो दिनभन्दा अघिल्लो
दिनको लागि पाउने दैनिक भत्ताको आधा पाउनेछ ।
(१२) उपनियम (११) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह,
निमन्त्रणा, वार्ता वा बैठकमा जा“दा कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाको तर्फबाट
खाना बस्नको प्रबन्ध भई पकेट खर्च बापत रकम दिने व्यवस्था नभएकोमा त्यस्ताधधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
ज्ञठण्
कर्मचारीलाई प्रतिदिन दश अमेरिकी डलर पकेट खर्चको रुपमा दिइनेछ । तालिम वा
अध्ययनको लागि गएकोमा पकेट खर्च दिइने छैन ।
(१३) कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाबाट खान बस्नको लागि रकम नै दिने
भएमा उपनियम (१२) बमोजिम पकेट खर्च दिइने छैन ।
तर तालिम वा अध्ययन बाहेक उपनियम (११) बमोजिम अन्य काममा जा“दा
उपनियम (१२) बमोजिम पाउने त्यस्तो रकम यस नियमावली बमोजिम पाउने दैनिक
भत्ताभन्दा कम हुने भएमा त्यसरी कम भए जति रकम दैनिक भत्ताको रुपमा दिइनेछ ।
(१४) कुनै कर्मचारी जुन देशमा जाने भनी खटिएको छ सो देशमा आउ“दा जा“दा
बाटामा पर्ने मुलुकहरुमा ती मुलुकहरुमा जति पाउने भनी व्यवस्था भएको छ सोही
बमोजिम मात्र पाउनेछ ।
(१५) उपनियम (११) बमोजिम विदेशमा जा“दा वा आउदा बाटोमा पर्ने कुनै
मुलुकमा रात विताउनु पर्दा सवारी साधन उपलब्ध गराउने संस्थाले खाने बस्ने प्रबन्ध
नगरेकोमा त्यस्तो रात बिताएको अवस्थामा उपनियम (११) बमोजिमको खर्च दिइनेछ ।
(१६) अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा जा“दा बाटामा लाग्ने दिन र
सम्मेलन शुरु हुने अघिल्लो दिनदेखि समाप्त भएको भोलि पल्टसम्मलाई जति दिन
लाग्छ त्यसभन्दा बढी आफू खुशी मुकाम गरेकोमा दैनिक भत्ता दिइने छैन ।
(१७) उपनियम (११) बमोजिम विदेशमा जा“दा अपर्झट विरामी परी अस्पताल
भर्ना भई उपचार गराउनु परेमा त्यस्तो उपचारको लागि भएको प्रमाणित रकम
सम्बन्धित संस्थाले नव्यहोरेको खण्डमा स्थानीय निकायले भुक्तानी दिनेछ ।
(१८) यस नियमावलीमा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–
८१ को प्रकरण (८) मा उल्लेख भएका भारतका सीमावर्ती शहरहरुमा भ्रमण गर्नु पर्दा
अनुसूची–८१ को प्रकरण (२) को खण्ड (क) बमोजिमको दैनिक भत्ता र उपनियम
(११) बमोजिम बास खर्च दिइनेछ ।
(१९) अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, बैठक, निमन्त्रणा, प्रतिनिधिमण्डल,
तालिम, अध्ययन, उत्सव मेला आदिमा भाग लिन स्थानीय निकायबाट खटिई जाने
पदाधिकारी र प्रथम तथा द्वितीय तहका कर्मचारीलाई सातहजार रुपैया“ र तृतीय तहका
कर्मचारीलाई पा“चहजार पा“चसय रुपैया“ लुगा भत्ता बापत दिइनेछ ।
तर साधारणतया जाने कार्यक्रम निश्चित नभई कुनै पनि कर्मचारीलाई लुगा
भत्ता दिइने छैन ।
(२०) उपनियम (१९) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा
लुगा भत्ता दिइने छैन ः–
(क) तालिम बाहेक नेपालको सीमानास“ग जोडिएको विदेशी सीमाना क्षेत्रमा
जा“दा,
(ख) कुनै विदेशी सरकार वा संघ संस्थाहरुबाट लुगा भत्ता दिइने व्यवस्था
भएमा ।
(२१) उपनियम (१९) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम जाने कार्यक्रम
निश्चित भई लुगा भत्ता दिइसकेपछि स्थानीय निकायको निर्णयले जान नपाउने भएमा
सो लुगा भत्ता बापत पाएको रुपैया“ सम्बन्धित कर्मचारीले सो रकम बुझेको मितिले
पैतीस दिनभित्र फिर्ता गर्नु पर्नेछ ।
(२२) लुगा भत्ता पाउने कर्मचारीले स्वयं जान नचाहेमा वा राजीनामा दिएमा वा
स्थानीय निकायको नोकरीबाट अलग भएमा जान नचाहेको वा राजीनामा स्वीकृत
भएको वा नोकरीबाट बर्खास्त भएको पैंतीस दिनभित्र एकमुष्ट रकम फिर्ता गर्नु पर्नेछ ।
(२३) उपनियम (२२) बमोजिमको अवस्था परी जान नपाउने भए लुगा भत्ता
लिने कर्मचारी बहालवाला भए तलब खुबाउने अधिकारीले निजको तलबबाट कट्टा गरी
असुल गर्नु पर्नेछ र बहाल टुटेको भए पैंतीस दिनभित्र फिर्ता बुझाउनु पर्नेछ । पैंतीस
दिनभित्र त्यस्तो रकम फिर्ता नबुझाएमा लुगा भत्ता बापत पाएको रुपैया“ निजस“ग
प्रचलित कानून बमोजिम सरकारी बा“की सरह असुल उपर गरिनेछ ।
(२४) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको संस्थाबाट वा
स्थानीय निकायबाट एक पटक लुगा भत्ता पाएको कर्मचारीले सो लुगा भत्ता पाएको
मितिले दुई वर्ष भुक्तान नभई अर्को लुगा भत्ता पाउने छैन ।
(२५) लुगा भत्ता निकासा लिनेले दोहोरो पर्ने गरी लिनु हु“दैन । जानी जानी यस्तो
दोहोरो पर्ने गरी लिनेलाई विभागीय कारबाही गरी बिगो र बिगो बमोजिम जरीवाना
गरी असुल गरिनेछ ।
(२६) अन्तर्राष्ट्रिय सम्मेलन आदिमा भाग लिन नेपाल सरकार वा स्थानीय
निकायबाट खटिई वा तालिममा विदेश जानेले कुनै सरकारी वा अन्य कुनै संस्थाबाट
लुगा भत्ता पाएमा यस नियमावली बमोजिम पाउने नपुग रकम मात्र स्थानीय
निकायबाट थप दिइनेछ ।
(२७) उपनियम (१९) बमोजिम पाउने लुगा भत्ता सम्मेलन, सेमिनार, बैठक,
तालिम, अध्ययनमा भाग लिन जानु अघि कारणवश भुक्तानी लिन नपाई फर्की आए
पछि सोधभर्ना भुक्तानी लिएकोमा उपनियम (२४) को प्रयोजनको लागि भाग लिन
गएको मितिबाट दुई वर्षको अवधि गणना गर्नु पर्नेछ ।
(२८) निमित्त वा कायम मुकायम भएको कर्मचारी विदेश भ्रमणमा जाने भएमा
निजलाई निमित्त वा कायम मुकायम भएको पदले पाउने दैनिक तथा भ्रमण भत्ता
दिइनेछ ।
(२९) यस नियमावली बमोजिम पाउने सुविधा लिने प्रयोजनको लागि झुट्टा
विवरण पेश गरी भुक्तानी लिएको ठहरेमा झुट्टा विवरण पेश गरी भुक्तानी लिएको
रकमको दोब्बर रकम स्थानीय निकायको सेवामा भए पाउने तलबबाट कट्टा गरी
लिइनेछ र अन्यको हकमा निजले पाउने जुनसुकै रकमबाट कट्टा गरिनेछ र कट्टा
नगरेमा सम्बन्धित स्थानीय निकायले त्यस्तो कट्टा नगर्ने कर्मचारीको तलब समेतबाट
असुल उपर गर्नु पर्नेछ र निजलाई विभागीय कारबाही समेत गरिनेछ ।